२०८२ कार्तिक २५, सोमवार , ०४:२१:५० बजे

Sajhamanch
'

कारोबारसँगै घट्यो सेयर बजार, १० प्रतिशत बढे ५ कम्पनी

सोमवार, कार्तिक २५, २०८२

काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ ।

कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११ः३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ः३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो । साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको हो । अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो ।

९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह १।६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित भयो ।

बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशत घटे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल छन् । सिटीबाहेक अरु हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रुरु जलविद्युतको ८.४५, धौलागिरी लघुवित्तको ५.६६ तथा उपकार लघुवित्तको ५.६३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर, सिद्धार्थ बैंक डिबेन्चर २०८९, राधि विद्युत् र शिवम् सिमेन्ट छन् ।

सम्बन्धित खबर

सुनको भाउ आज २ ९०० रुपैयाँले बढ्यो
सोमवार, कार्तिक २५, २०८२
अलैँचीको भाउ बढ्यो
सोमवार, कार्तिक २५, २०८२