२०८२ कार्तिक २५, सोमवार , ०४:०५:१९ बजे

Sajhamanch
'

अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक र असंबैधानिक : नेता दाहाल

सोमवार, कार्तिक २५, २०८२

दमक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाब गराउने पक्षमा नरहेको बताउनु भएको छ ।

सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उहाँले प्रश्न पनि गर्नु भएको छ ।

प्रेस चौतारीले झापाले दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा उहाँले अहिलेको सरकारनै असम्बैधानिक रहेको दाबी गर्दै यस्तो सरकारबाट लोकतान्त्रिक तथा संबैधानिक प्रक्रियाको अपेक्षा पनि गर्न नसकिने भनाई राख्नु भयो।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहनु भएका नेता दाहालले अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानुनी आधार नरहेको उल्लेख गर्नु भयो ।

अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटनसमेत अलोकतान्त्रिक र असंबैधानिक रहेकाले एमाले संसद पुनःस्थापनको मागसहित जनताको बीचमा गएको दहालले बताउनु भयो ।

अहिलेको राजनीतिक र संबैधानिक गतिरोधको अन्त्य संसद पुनःस्थापनाबाट नै हुनेसमेत उहाँको भनाई छ । यो विषयमा नेपाली कङ्रेसको अहिलेसम्मको मौनतासमेत आश्चर्यजनक रहेको उल्लेख गर्दै दहालले काङ्रेस पनि यो अजेण्डामा आउँदै गरेको उहाँले बताउनु भयो ।

जेन–जीले अघि सारेका मागसमेत संसद पुनःस्थापना पछि गठन हुने सरकारले नै पूरा गर्ने उहाँको दाबी छ । केपी नेतृत्वको सरकारले समेत सुशासनको पक्षमा दर्बिलो गरी काम गरिरहेको अवस्थामा जेन–जी आन्दोलनमा घुसपैठ गरी हिंसाको माध्यमबाट बिस्थापन गरिएको भन्दै सो क्रममा भएका आगजनी, हिंसा तोडफोडमा सम्लग्नहरुको खोजी गरी कानुनी दायरामा ल्याउन ढिला गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

सो भेटमा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले संसद पुनःस्थापनको पक्षमा जिल्लामा सशक्त रुपमा जनपरिचालन भइरहेको जानकारी दिनुभयो ।

प्रदेश सभा सदस्य होमबहादुर थापा, एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल, अनेमसंघ जिल्ला अध्यक्ष लिला दाहाल लगायतको आतिथ्यतामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो।

सम्बन्धित खबर