
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूच ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा पुगेको छ।
३२३ स्क्रिप्सको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ रुपैयाँमा कारोबार भयो। सेयर दोहोरो अंकले घटेपनि धर्मखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
माविलुङ्ग इनर्जीको सेयर ९.९८ प्रतिशतले बढ्दा सागर डिस्टिलरीको ९.९८ प्रतिशत र रुरु जलविद्युत परियोजनाको ९.९३ प्रतिशतले बढ्यो।
यसदिन उन्नति सहकारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
युनिनय हाइड्रोपावरले २७ करोड मूल्यको कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी नेपाल रिइन्स्योरेन्सको २३ करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, राधी विद्युत र शिवम् सिमेन्टलको २१ /२१ करोड बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा २२२ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। यसदिन सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक २.९१ प्रतिशतले घट्यो।


