२०८२ कार्तिक २४, आइतवार , ११:५७:३९ बजे

Sajhamanch
'

वडाध्यक्ष कटुवालको सनाखतमा राकेशलाई दिइयो नेपाली नागरिकता

आइतवार, कार्तिक २४, २०८२
  • उमानाथ भण्डारी

कमल । झापाको कमल गाउँपालिकामा एकजना युवाले लोमा संघर्ष पछि वडाध्यक्षको सनाखतमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

वडा नम्वर १ बाह्रबिघेमा स्थायी बसोबास गर्ने राकेश अधिकारीलाई वडाध्यक्ष केदार कटुवालको सनाखतमा नेपाली नागरिकता प्रदान गरिएको हो । नेपालको संविधानमा व्यवस्था भएअनुसार आमा बुवा बिहीन बालबालिकाको नागरिकता बनाउन वडाध्यक्षको सनाखत गरिदिनसक्ने व्यवस्था छ ।

सोही बमोजिम चार वर्षदेखि नागरिकता बनाउन प्रयासरत अधिकारीले शुक्रबार ईलाका प्रशासन कार्यालय दमकका शाखा अधिकृत सूर्यमान बानियाद्वारा प्रमाणित गरिएको ०४–०२–८२–०२८४० नम्बरको नागरिकता प्राप्त गर्न सफल हुनुभएको हो ।

बंशजको आधारमा नागरिकता पाउने कानुनी व्यावस्था भए पनि सनाखत गर्ने व्यक्ति नभएकाले उहाँ नागरिकता पाउनबाट बञ्चित हुनुहुन्थ्यो । वडाध्यक्षको सनाखतमा नागरिकता बनाउन सकिने कानुनी व्यवस्था बने पछि अब बुबाआमा बिहीन नेपाली नागरिकले नागरिकता प्राप्त गर्न सहज भएको ईलाका प्रशासन कार्यालाय दमकका प्रमुख विश्वराज नेपाल बताउनु हुन्छ ।

आर्थिक अवस्था अन्यन्तै न्यून भएका राकेशको जन्म २०५८ सालमा भएको थियो । राकेश ३ वर्षको हुँदा उहाँका बुबा बेदबहादुर अधिकारी बेपत्ता हुनु भएको थियो । आमा विष्णुमाया ढकालको समेत मृत्यु भएकोले नागरिकतामा सनाखत गर्ने व्यक्ति नभएकोले राकेशले नागरिकता पाउन सक्नुभएको थिएन ।

वडाध्यक्ष कटुवालले अफ्नो अघिल्लो कार्यकालदेखि नै राकेशको नागरिकता बनाउनका लागि ईलाका प्रशासन कार्यालय दमक र जिल्ला प्रशासन कार्यालय झापामा पटक पटक सिफारिससहित प्रयास गर्दा नागरिकता बनाउन सकिएको थिएन । पछि उक्त विष अदालतसम्म पुगेको थियो । अदालतले समेत कानूनमा व्यवस्था नभएको भन्दै राकेशलाई खाली हात फकाइदिएको थियो ।

तर पछिल्लो समय वंशजको आधारमा आमा बुवाविहिन बालबालिकाको नागरिकतामा वडाध्यक्षको सनाखतमा नागरिकता बनाउन सकिने व्यावस्था भएकोले राकेशले नागरिकता प्राप्त गर्नु भएको हो ।

अदालतसम्म पुग्दा पनि नागरिकता नपाएपछि जीवनमा अगाडि बढ्ने सबै ढोका बन्द भएको अवस्थामा नागरिकता प्राप्तीसँगै राकेशको जीवनमा धेरै खुशी आएको छ । राकेशको नागरिकता बनाउन आफू सफल भएकोमा वडाध्यक्ष कटुवालसमेत हर्षित हुनुभएको बताउनु हुन्छ ।

सम्बन्धित खबर