२०८२ कार्तिक २४, आइतवार , ११:२५:३२ बजे

Sajhamanch
'

रासायनिक मल वितरणमा समस्या छ, ‘अनलाइन प्रणाली’ विकास गर्छौं  : मन्त्री परियार

आइतवार, कार्तिक २४, २०८२

काठमाडौं । कृषि तथा पशुपछी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरणमा समस्या रहेको र यसलाई व्यवस्थित गर्न अनलाइन संरचनाको विकास गर्ने बताउनुभएको छ ।

पर्सा र बाराका कृषि र पशुपछीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानसँगको छुट्टा छुट्टै भेटघाट कार्यक्रममा उहाँले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले अनलाइन सिस्टमको विकास गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री परियारले मल बिक्री वितरण गर्न सहजीकरण गर्ने पालिका र मल वितरणका लागि अनुमति वा ‘डिलरसिप’ प्राप्त गरेका सहकारी संस्था, फर्म वा कम्पनीको बदमासीका कारणले वास्तविक किसानले बेलैमा रासायनिक मल प्राप्त गर्न नसकिरहेको उल्लेख गर्नुभयो ।

कुन–पालिकाका किसानले कति मल प्राप्त गर्नुभयो भन्ने अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभएको छ । यसबाट अनुदानको रासायनिक मलमा हुने दुरुपयोग रोक्नलाई सहज हुने अपेक्षा राखिएको मन्त्री परियारको भनाइ छ ।

सम्बन्धित खबर