२०८२ कार्तिक २४, आइतवार , १०:५८:१५ बजे

Sajhamanch
'

हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपाल यूएईसँग ४३ रनले पराजित

आइतवार, कार्तिक २४, २०८२

काठमाडौं । हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ ।

पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि १३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।

त्यसअघि यूएईले पाँच विकेट गुमाएर १२९ रन बनाएको थियो । नेपाल लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएपछि बाउल लिगमा पुगेको थियो । जसमा हिजो श्रीलङ्कासँग पराजित हुँदा नेपालले भारतलाई ९२ रनले हराएको थियो ।

सम्बन्धित खबर