
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप दुई युवक पक्राउ परेका छन् । शनिबार साँझ बिर्तामोड– ५ शनिश्चरे रोडबाट बिर्तामोड– ५ बस्ने २० वर्षीय राजन चौधरी र सोही ठाउँ बस्ने १६ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी हवल्दार मीनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेका थिए । यसअघि इप्रका बिर्तामोडमा आक्रमण गर्ने एक दम्पतीसहित चार जना पक्राउ परिसकेका छन् ।


