२०८२ कार्तिक २२, शुक्रवार , ०५:११:३५ बजे

Sajhamanch
'

चुनावमा सबैले भाग लिने वातावरण बनाउन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

शुक्रवार, कार्तिक २२, २०८२

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चुनावलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘चुनाव शान्तिपूर्ण ढङ्गले, व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्नका निम्ति हामी सरकारलाई आग्रह गर्दछौँ । शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता गराउने वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष दाहालले राष्ट्रियसभा सञ्चालनका लागि केही कानूनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा पनि सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । राष्ट्रियसभाले सरकारलाई महत्त्वपूर्ण सहयोग गर्ने भएकाले राष्ट्रियसभा बैठक सञ्चालन गर्ने काममा सरकार सक्रियतापूर्वक लाग्नुपर्ने उहाँको भनाइ छ ।

सम्बन्धित खबर