२०८२ कार्तिक २२, शुक्रवार , १२:२८:३६ बजे

Sajhamanch
'

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

शुक्रवार, कार्तिक २२, २०८२

पर्सा । गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।

गएको आर्थिक वर्षमा यही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । चालू आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ९८ करोड रुपैयाँका छ करोड ७१ लाख तीन हजार ३०८ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

यसैगरी, चालू आर्थिक वर्षको तीन महिनामा दुई अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार ३८३ लिटर जुस निर्यात भएको छ ।

सम्बन्धित खबर