२०८२ कार्तिक २०, बुधवार , ०७:३०:४० बजे

Sajhamanch
'

तरुलबारीमा भेटियो इप्रका अनारमनीबाट लुटिएको हतियार

बुधवार, कार्तिक २०, २०८२

बिर्तामोड । गत भदौ २४ गतेको आततायी घटनामा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरी लुटिएको एक थान हतियार र २१ थान गोली आज फेला परेको छ ।

बिर्तामोड–६ सुगम शान्ति टोलमा सिमलतरुलको झाडीभित्र उक्त हतियार वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउँसो ४ः४५ बजे प्रहरीले ०३११००८७२ नम्बरको एक हतियारसहित म्याग्जिन र १९ राउण्ड सावुत, २ राउण्ड वेसावुत गोली बरामद गरेको हो ।

जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनीबाट लुटिएको सो हतियार इप्रकामै ल्याएर राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

दमक र बिर्तामोडबाट अझै २२ नाल हतियार बरामत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर