
काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १७ अङ्कले घटेर २ हजार ६ सय ७ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ दशमलव ४१ प्रतिशतले उकालो लागेको छ । आज १ सय ४९ वटा कम्पनीको शेयर बढेकोमा ९० वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज माबिलुङ इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै साढे ७ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका ९२ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।


