२०८२ कार्तिक २०, बुधवार , ०७:२६:३७ बजे

Sajhamanch
'

माओवादी र एकीकृत समाजवादीसहितका दलबीच आज एकता घोषणा

बुधवार, कार्तिक २०, २०८२

काठमाडौं ।आन्तरिक विवादकाबीच माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दल र समूहबीच आज एकता हुने भएको छ।एकताका लागि अगुवाइ गरेको माओवादी केन्द्रले ती दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रिय तहबाट मंगलबार अनुमोदन गरेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी तथा पूर्व माओवादी नेता गोपाल किराँती समूहबीच एकता हुने भएको हो।

माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले सबै घटकको सहभागितामा राष्ट्रिय सम्मेलनबाट एकता घोषणा गरिने जानकारी दिए। एकीकृत पार्टीले नेपाली विशेषताको वैज्ञानिक समाजवाद कार्यक्रमलाई अघि बढाउने भएको छ।

घोषणा आज बिहान ११ बजे हुने नेता सापकोटाले बताए। साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए। एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरे।

सम्बन्धित खबर