२०८२ कार्तिक १९, मङ्गलवार , ०४:५०:४६ बजे

Sajhamanch
'

बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ

मङ्गलवार, कार्तिक १९, २०८२

जनकपुरधाम । भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।

चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगको समन्वयमा सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय विधानसभा चुनावलाई लिएर एसएसबीले समन्वय गरेर सीमामा चेक जाँचमा कडाइ गरिएको हो ।

आगामी २०-२५ कात्तिक (६-११ नभेम्बर) सम्म बिहारमा विधानसभा चुनाव हुन लागेको हो ।

चुनावलाई लिएर ७२ घण्टा अगाडि सीमालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सिल गर्ने जानकारी प्राप्त भएको डीआइजी ढकालले बताउनु भयो ।

मङ्गलवार, कार्तिक १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर