२०८२ कार्तिक १९, मङ्गलवार , १२:४४:२८ बजे

Sajhamanch
'

कालीगण्डकीमा १६ वर्षमा चिरकालिजको सङ्ख्या तेब्बरले बढ्यो

मङ्गलवार, कार्तिक १९, २०८२

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पक्षीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यो वर्ष चिरकालिजको सङ्ख्या तेब्बरले बढेको हो ।

अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेकोमा यसपाली १८ जोडी भेटिएका जानकारी दिनुभयो ।

सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ ।

चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताउनुभयो ।

मङ्गलवार, कार्तिक १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर