२०८२ कार्तिक १९, मङ्गलवार , १०:०७:४६ बजे

Sajhamanch
'

झापा महिला गोल्डकपमा आज एपीएफ क्लब र सिङलिङ एस.सी खेल्दै

मङ्गलवार, कार्तिक १९, २०८२

झापा । झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस.सीबीच खेल हुँदैछ । खेल झापाको दुधे रङ्गशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ ।

हिजो भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई ८ गोलले पराजित गर्यो । आठ वटा टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सिङलिङ एस।सी सिक्किम, सङ्कटा क्लब, झापा एफसी, त्रिभुवन आर्मी क्लब र आर।एस पोखरा सहभागी छन् । प्रतियोगिता यहि कात्तिक २४ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर