२०८२ कार्तिक १८, सोमवार , ०४:०७:३३ बजे

Sajhamanch
'

सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ ।

आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राखेको भन्दै सङ्घले माग पूरा नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा गरेको छ ।

सङ्घले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुदा नम्बर १ मा सरकारी सरह न्युनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भएता पनि बाँकि बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ ।

आन्दोलित नर्सलाई दिने भनेको प्रारम्भिक चरणको तलब ३४ हजार ७३० रुपैया भत्ता बाहेकको खुद तलब हुनुपर्ने र यो निर्णय नभएमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवा ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ ।

सोमवार, कार्तिक १८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर