२०८२ कार्तिक १८, सोमवार , ०१:२१:३४ बजे

Sajhamanch
'

पर्यटकको रोजाइमा पाख्रीबासको राम्चेडाँडा

सोमवार, कार्तिक १८, २०८२

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटहरुहको चहलपहल बढ्न थालेसँगै राम्चेडाँडा पर्यटकको राजाईमा पर्न थालेको हो।

राम्चेडाँडा जिल्ला सदरमुकाबाट करिब २१ किलोमिटर उत्तरदक्षिण क्षेत्रमा अवस्थित रहेको छ । राम्चेडाँडाबाट कोशीमक प्रदेशका पूर्वी पहाडी जिल्ला धनकुटालगायत भोजपुर, तेह्रथुम, संखुवाभसभाका माथिल्लो पहाडी भूभाग अवलोकन गर्न सकिन्छ । यस्तै कोशी प्रदेशका तराईका समथर फाट समेत देखिन्छन् । त्यसो त अरुण उपत्यका पनि यस ठाउँबाट देख्न सकिन्छ ।

डाँडाबाट सुर्यावलोकल साथै मकालु र गौरीसंखर हिमाल समेत देख्न सकिन्छ । जसले मन लाभ्याने मनमोहक दृष्यले गर्दा पनि पर्यटकहरु अवलोकन लागि आउने गरेका स्थानिय गोविन्द थापाले बताउनु भया छन् । यस्तै बनभोजका लागि कोशी प्रदेशलागायत अन्य स्थानबाट राम्चोडाँडामा आउने गरेको पाइन्छ ।

पर्यटक प्रवद्र्धन गर्दै नगरको विकासमा टेवा पुर्याउने उद्येश्यले पाख्रीवास नगरपालिकाले राम्चेडाँडामा भ्यू टावरको निर्माण समेत गरेको छ । पाँच तला अग्लो रहेको उक्त भ्यू टावरबाट विभिन्न दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेकोे ।

डाँडामा हरियाली चिया बगान, दुपि र सल्ला लगायतका बोट विरुवा रहेका छन् । जसले गर्दा पनि यस क्षेत्र आकर्ष भएसँथगै पर्यटकको रोजाईमा पर्दै गएको छ । साथै भ्यू टावर डाँडाकाडा बनभोज नाचगान कालागि पर्याप्त ठाउँ चौर रहेको छ । राम्चेडाँडा समुद्रि सतहबाट करिब १९ सय मिटरको उचाईमा अवस्थित रहेको छ ।

अग्लो भूभाग रहेकाले छिनछिनमा घाम लाग्ने हुस्सु लाग्ने मौसम परिवर्तन भई रहने भएकाले पनि पर्यटकहरु मुम्न र मनोरञ्जनका लागि आउने गरेका छन् ।

राम्चे हाईलेण्ड प्रालिका संचालक समेत रहनु भएका निलम थापाका अनुसार राम्चेडाँडामा पर्यटकहरुलाई आकर्षण तथा पर्यटन प्रर्वद्धनका लागि कामा गरि रहेको बताउनुभयो । प्रालिले करिब ५० देखी ६० लाख लागतमा पर्यटकीय स्थललाई थप व्यवस्थित गर्न काम सुरु गरेको उहाँले बतउँनु भयो ।

यस्तै पाख्रीबास नगरपालिकाबाट २ किलोमिटरको दुरीमा रहेको उत्त राम्चोडाँडा पाख्रीबास–अधेरीघाट सडकबाट करिब ५०० मिटर माथि पर्दछ । ३५० रोपनी क्षेत्रफलमा फैलिएको उत्त स्थानमा अहिले रिसोर्टका लागि काम भई रहेको थापाले बताउनुभयो ।

यस्तै पाख्रीबास–अधेरीघाट राम्चेडाँडासम्म पुग्ने सडकबाट निर्माणको काम भइरहेको छ । डाँडामा टि गार्डे, फलफूल लगायतका उत्पादन र पौडि खेल्ने दुई वटा ठूला पोखरी (स्विमिङ पुल) निर्माण कार्य समेत अगाडी बढाएको उहाँले बताउनुभयो ।

राम्चोडाँडामा आईपुग्न किमाथाङ्का र भारताबाट करिब ४ घण्टा आईपुग्ने सकिने भएकाले धेरै पर्यटक भित्याउन सकिने उहाँ बताउनु भयो । यस क्षेत्रलाई अराष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन लागि परेको र भोलिको भविश्यलाई हेरेर हव एरिया बनाउन लागि परेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रिय सरकारले भ्यू टावर निर्माण गर्नमा सहयोग गर्यो तर थप पर्यटक क्षेत्रमा केही काम नगरेको र बजेट नल्याउँदा समस्या परेको छ ।ू स्थानीय सरकार समेत रहेको पाख्रीबास नगरपालिकाले भने समन्वय र सहकार्य गरेर काम अगाडी बाढाउने आस्वासन देखाएको उहाले बताउनुभयो ।

सोमवार, कार्तिक १८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर