२०८२ कार्तिक १८, सोमवार , ११:३७:०७ बजे

Sajhamanch
'

पहिरोका कारण मुस्ताङको नरसिंह खोला थुनियो

सोमवार, कार्तिक १८, २०८२

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको स्थानीय प्रशासनले जनाएको छ ।

अस्ति शनिवार रातिदेखि खोला थुनिएको ठाउँ भन्दा मुनि पानी सुकेको स्थानीयले जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको भेटिएको उहाँको भनाइ छ ।

खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने गाडी नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ । आज बिहान नुन खानीमा पुगेर थुनिएको ठाउँलाई निकास दिनेबारे पहल गरिने प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

सेनाले खोला थुनिएर ताल बनेको ठाउँकोे तत्काल विश्लेषण गर्दा तत्काल ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

सोमवार, कार्तिक १८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर