२०८२ कार्तिक १८, सोमवार , ११:३७:०४ बजे

Sajhamanch
'

कर्मचारीका लागि नयाँ साइबर सुरक्षा सल्लाह

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । सरकारले सबै निकायका सूचना प्रणालीका कर्मचारीका लागि नयाँ साइबर सुरक्षा सल्लाह (एडभाइजरी) जारी गरेको छ ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कम्तीमा १२ अक्षर र विशेष चिन्ह भएको पासवर्ड राख्न वा पासवर्ड म्यानेजर प्रयोग गर्न सुझाव दिएको छ । सम्भव भएसम्म मल्टिफ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न, मोबाइल वा कम्प्युटरमा स्क्रिन लक र पासवर्ड अनिवार्य राख्न भनिएको छ ।

सफ्टवेयर आधिकारिक वेबसाइटबाट मात्र डाउनलोड गर्न र पेनड्राइभ प्रयोग गर्नुअघि भाइरस स्क्यान गर्न सुझाव दिइएको छ । कुनै पनि असामान्य गतिविधि देखिए तुरुन्तै सम्बन्धित सूचना प्रविधि शाखामा जानकारी गराउन भनिएको छ । डेटाबेस र प्रणाली सञ्चालन गर्नेले एसएसएच पब्लिक की अथेन्टिकेशन प्रयोग गर्न, पासवर्ड साधारण फाइलमा नराखी सुरक्षित भल्टमा राख्न निर्देशन दिइएको छ ।

आन्तरिक सरकारी सञ्चार र सेवाका लागि प्रयोग हुने इन्टरनेटलाई सार्वजनिक नेटवर्कबाट अलग राख्न पनि भनिएको छ । सुरक्षा निगरानीका लागि प्रणालीलाई सेन्ट्रलाइज्ड लग म्यानेजमेन्टमा जोडेर स्वचालित अलर्ट र मोनिटरिङ सेटअप गर्न, साथै डेटा सेन्टर र सर्भर कोठामा सीसीटीभी सेन्सरमार्फत निगरानीको व्यवस्था गर्न भनिएको छ । अधिकृत व्यक्तिलाई मात्र पहुँचको अनुमति दिन पनि केन्द्रले भनेको छ ।

सोमवार, कार्तिक १८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर