२०८२ कार्तिक १७, आइतवार , ०३:२०:३७ बजे

Sajhamanch
'

गौरादहमा १६ जना जुवाडे पक्राउ, रास्वपा गौरादहका नगर सभापति अधिकारी पनि समातिए

आइतवार, कार्तिक १७, २०८२

गौरादह । झापाको गौरादहस्थित एक होटलबाट रास्वपाका नगर सभापति जगत अधिकारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति गौरादह नगरपालिका– ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

रास्वपा गौरादहका सभापति अधिकारीको अगुवाईमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको जनाइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा होटल सञ्चालक दिलबहादुर मगर, युवराज खड्का, भरत कार्की, हृदय सुवेदी, टंक बराल, राम फुँयाल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, बिनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ र सुदिप चेम्जुङ्ग रहेका छन् । पक्राउ गरिएकाहरुको म्याद थपका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ६ हजार ६२० रुपैयाँ नगदसमेत बरामद गरेको छ । पक्राउ परेका केही व्यक्ति भदौं २४ गते तोडफोड तथा आगजनीमा समेत संलग्न भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर