
झापा । झापाको गौरादहस्थित एक होटलबाट रास्वपाका नगर सभापति जगत अधिकारीसहित १६ जनालाई प्रहरीले पक्राउगरेको छ ।
शनिवार राती गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १६जनालाई नियन्त्रणमा लिएको हो । रास्वपा गौरादहका सभापति अधिकारीको अगुवाइमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीलेहोटलमा छापा मारेको थियो ।
प्रहरीले होटल सञ्चालक दिलबहादुर मगर, युवराज खड्का, भरत कार्की, हृदय सुवेदी, टंक बराल, राम फुँयाल, केदार मगर, नवराजभट्टराई, रोशन खत्री, विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ र सुदिप चेम्जुङ्गलाई नियन्त्रणमालिएको छ । प्रहरीका अनुसार पक्राउ गरिएकाहरूको म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।
उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६२० रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका केही व्यक्ति भदौ २४ गतेतोडफोड तथा आगजनीमा समेत संलग्न भएको प्रहरीले जनाएको छ ।


