२०८२ कार्तिक १६, शनिवार , १२:००:२९ बजे

Sajhamanch
'

टर्कीएमा ७८ जनाको ज्यान जाने गरी भएको आगलागीका लागि दोषी ठहर ,११ जनालाई जन्मकैदको फैसला

शनिवार, कार्तिक १६, २०८२

टर्कीएको उत्तर–पश्चिमी बोलु पहाडको एक होटलमा भएको आगलागीका लागि दोषी ठहर गर्दै त्यहाँको अदालतले ११ जनालाई जन्मकैदको फैसला गरेको छ । गएको जनवरी २१ तारिखमा भएको आगलागीमा सुरक्षा नियम पालना गर्न कमजोरी भएको ठहर गरी अदालतले हिजो होटलका मालिकसहित ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको हो ।

आगलागीबाट ३० बालबालिकासहित ७८ जनाको ज्यान गएको थियो । एक सय ३७ जना घाइते भएका थिए । बोलुका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रकलाई पनि जेल सजाय सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ । आगलागीलगत्तै ३२ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।

अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागीको चेतावनी दिने संयन्त्रले काम नगरेको र केही ग्याँस उपकरणले सुरक्षा मापदण्ड पूरा नगरेको पुष्टि भएको छ । अदालतको फैसलालाई पीडितका परिवारले स्वागत गरेका छन् ।

सम्बन्धित खबर