
काठमाडौँ । जेनजी प्रदर्शनमा कारागारबाट भागेका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको छ । भदौ २४ मा देशभरका कारागारबाट फरार भएका ४ हजार ७९५ जना कैदीबन्दीको राहदानी कालोसूचीमा राखिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनु भयो ।
४ हजार २२६ जना नेपाली र ५२९ जना भारतीय कसुरदारहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो ।
जेनजी प्रदर्शनमा १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ९ हजार ४५३ जना कारागारमा फर्किएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कतिपय आफैँ आउनुभयो, कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएर कारागारमा फर्काएको अवस्था छ ।’
न्यौपानेका अनुसार बालसुधार गृहका बालबिज्याईंकर्ता सहित ५ हजार १७४ जना कारागार बाहिर छन् ।


 
						 
						 
						