
विराटनगर । जिल्ला प्रशासन कार्यालय, सुनसरीले निरन्तर वर्षा भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्तिक १५ गते सम्म जिल्लाभरि वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
कार्यालयका अनुसार निरन्तर वर्षा भएकाले बाढी, डुबान, कटान र पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने सम्भावन रहेको भन्दै अत्यावश्यक नभई बाहिर हिँडडुल नगर्न र यात्रा नगर्न अनुरोध गरेको छ ।
यस्तै कार्यालयले डुबान हुन सक्ने बस्तीका वासिन्दा र नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।


 
						 
						 
						