२०८२ कार्तिक १५, शुक्रवार , १०:५८:३७ बजे

Sajhamanch
'

झापाको खजुरगाछी बजारमा आगलागी, करोडभन्दा बढीको क्षति

शुक्रवार, कार्तिक १५, २०८२

झापा । झापाको खजुरगाछी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

गएराति १० बजे गौरीगंज गाउँपालिका-६ खजुरगाछी बजार बस्ने चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट नायकको पसलसँगै घर र नजिकै रहेको राजेन्द्र ढकालको इँटाको गारो र टिनको छाना भएको २ तले आठ कोठे घर पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट नायकको टिनको छाना भएको, टिनले सेन्ट्रीबेरा गरेको एकतले ३ कोठे पसल र पसलभित्रका सम्पूर्ण सरसामान जल्दा ठूलो क्षति भएको छ ।आगलागीबाट त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा २५जनाको टोली र प्रस्तावित सीमा सुरक्षा गुल्म फत्तेपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठको कमान्डमा १८जनाको टोली खटिएर उक्त आगो गौरादह, शिवसतासी र कमलको दमकल तथा स्थानीयवासीको सहयोगमा राति १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित खबर