२०८२ कार्तिक १५, शुक्रवार , १०:१८:१९ बजे

Sajhamanch
'

अष्ट्रेलियालाई हराउँदै भारत विश्वकपको फाइनलमा

शुक्रवार, कार्तिक १५, २०८२

काठमाडौं । अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो।

भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट पारी खेलिन्।उनी प्लेयर अफ द म्याच घोषित गरियो। कप्तान हरमित कौरले ८९ रनको योगदान गरिन्।अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित खबर