२०८२ कार्तिक १४, बिहिवार , ०५:०१:३२ बजे

Sajhamanch
'

ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने

बिहिवार, कार्तिक १४, २०८२

फुङलिङ । ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो ।

बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सूचना जारी गर्दै कात्तिक १४ गतेबाट लागू हुने गरि हरेक साताको एक दिन शुक्रबार बजार पसल बन्द हुने जनाएको छ ।

सङ्घले चाडपर्वमा उपभोक्ताको चापलाई मध्यनजर गर्दै करिब एक महिना सम्मका लागि बजार पसल शुक्रबार समेत खुला गरेको थियो । नेपालीहरूको महान पर्व दशैँ, तिहार तथा छठ जस्ता चाडमा उपभोक्ताको चाप बढी हुने भएकाले गत भदौ २७ गते शुक्रबार देखि कात्तिक ७ गतेसम्म खुलाउने निर्णय गरेको थियो ।

पर्वहरू सम्पन्न भएसँगै उपभोक्ताको चाप समेत कम हुने भएकाले पुन पूर्ववत् रुपमा नै साताको शुक्रबार बजार पसल बन्द गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो।

वि.सं. २०६० सालदेखि नै पाक्षिक रुपमा फुङलिङका बजार पसलहरु बन्द गरिदै आइएको सङ्घले जनाएको छ । पुन २०६३ सालदेखि भने साप्ताहिक रुपमा नै बजार बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको सङ्घको भनाइ छ ।

सङ्घका अनुसार बजार पसल बन्द गरेर साताको एक दिन व्यवसायीहरूलाई सामाजिक काममा प्रेरित गराउने तथा कर्मचारी राखेर व्यवसाय सञ्चालन गर्नेको हकमा मजदुरलाई एक दिन बिदा प्रदान गर्ने लगायतको कारणले शुक्रबार पसल बन्द गरिँदै आइएको छ ।

बिहिवार, कार्तिक १४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर