
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।
युएईमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए । उनले १०९ रन बनाएका हुन् । यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन तथा मोहम्मद रोहिद, हैदर अलीले समान एक विकेट लिए । यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । नेपाल लिग–२ मा १७ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ भने यूएई १७ खेलमा छ अङ्कसहित पुछारमा छ ।
यो श्रृंखलामा नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । लिग–२ को तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ ।
२४ खेलमा ३० अङ्कसहित स्कटल्याण्ड दोस्रो र समान खेलमा २८ अङ्कसहित नेदरल्यान्डस् तेश्रो स्थानमा छ । लिग–२ अन्तर्गत यो श्रृंखलाको आफ्नो तेश्रो खेलमा नेपालले पर्सि शनिवार अमेरिकासँग खेल्नेछ । त्यसपछि बुधवार यूएईसँग नै खेल्नेछ ।


