
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिङपिङबीचको भेटवार्ता सकिएको छ । उच्चस्तरीय भेटवार्तामा दुई नेताबीच कुनै पनि किसिमको व्यापार नभएको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्प र सीबीच दक्षिण कोरियामा भेट भएको हो । यसअघि दुई नेताबीचको भेटपछि व्यापार तनाव हट्ने अपेक्षा गरिएपनि कुनै सम्झौता नहुँदा तनाव झन् बढ्न सक्ने अनुमान गरिएको छ ।
वार्ताबाट ठोस परिणाम ननिस्कँदा अमेरिका–चीनबीचको प्रतिस्पर्धा फेरि बढ्ने देखिएको छ ।


