
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिनु भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार म्यादले राजीनामा दिनु भएको हो । राजीनामाको कारण भने सार्वजनिक भएको छैन ।
अस्ट्रेलियन नागरिक म्याद गत फागुनमा मात्र मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । नेपाल आएको एक वर्ष नहुँदै उहाँको राजीनामा आएको हो ।
उहाँको प्रशिक्षणमा सात अन्तर्राष्ट्रिय खेल खेल्दा एक जित, दुई बराबरी गरेको नेपालले चार हार बेहोरेको छ ।


