२०८२ कार्तिक १३, बुधवार , ०४:०४:०२ बजे

Sajhamanch
'

शेयर बजार सामान्य घट्यो, कारोबार रकममा वृद्धि

बुधवार, कार्तिक १३, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से पाँच दशमदव १७ अङ्कले घटेर २५६६.१६ विन्दुमा झरेको हो । हिजो नेप्से ६२.२९ अङ्कले बढेको थियो ।

आज अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ । बजार घटे पनि होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त र व्यापार समूहको शेयर भने बढेको छ । आज खानीखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशत बढेर सकरात्मक सर्किट लाग्यो ।

बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२१ वटा कम्पनीका एक करोड १५ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर