२०८२ कार्तिक १३, बुधवार , ०२:११:३७ बजे

Sajhamanch
'

नेपाली राष्ट्रिय महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

बुधवार, कार्तिक १३, २०८२

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले आज भारतसँग मैत्रीपूर्ण अनौपचारिक खेल खेल्दैछ । यो खेल बेलुका ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुनेछ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा हुने छैनन् ।

यसअघि भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा इरानसँग ३ गोलले पराजित नेपाली टोलीले सोमवार भएको खेलमा साम्बाको २ गोल मद्धतले भारतलाई २–१ ले हराएको थियो । आजको मैत्रीपूर्ण खेल यसअघि भोलि बिहीवार हुने भनिएकोमा आजका लागि सारिएको हो । नेपाल र भारतबीच आजको खेलले फिफाको अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

सम्बन्धित खबर