
झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति ११ः५५ बजे बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अरू २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीका लागि छुटेको बा. २ ख. १९८३ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३५ यात्रु थिए ।
घाइते २१ जनामध्ये एक जनाको उपचार भैरहेको छ । अरु सामान्य २० जना उपचारपछि घर फर्केका छन् । बसका चालक भक्तबहादुर दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


