२०८२ कार्तिक १३, बुधवार , १०:५५:५१ बजे

Sajhamanch
'

काभा कप पुरुष भलिबलको उपाधि तुर्कमेनिस्तानलाई

बुधवार, कार्तिक १३, २०८२

काठमाडौं । बङ्गलादेशमा सम्पन्न काभा कप पुरुष भलिबलको उपाधि तुर्कमेनिस्तानले जितेको छ । हिजो ढाकामा भएको फाइनलमा अफगानिस्तानलाई ३–२ को सेटमा हराएर तुर्कमेनिस्तान च्याम्पियन बनेको हो । पहिलो सेट अफगानिस्तानले २५–२० ले जितेर अग्रता बनाएको थियो ।

तर दोस्रो सेटमा तुर्कमेनिस्तान खेलमा फर्कियो र २५–२१ ले बराबरी गर्‍यो । तेस्रो सेट अफगानिस्तानले २५–१८ ले जितेर खेलमा फेरि अग्रता बनायो । त्यसपछि तुर्कमेनिस्तानले पुनरागमन गर्दै चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा पुग्यो । तुर्कमेनिस्तानले पाँचौ तथा निर्णायक सेटमा १५–१२ ले जितेसँगै उपाधि जितेको हो ।

६ देश सहभागी प्रतियोगितामा श्रींलका तेस्रो, आयोजक बङ्गलादेश चौथो तथा नेपाल पाँचौ भयो । माल्दिभ्स पुछारमा रह्यो ।

सम्बन्धित खबर