
झापा । क्यारेवियन क्षेत्रमा यसवर्षकै सबैभन्दा शक्तिशाली आँधीको रूपमा ‘मेलिसा’ जमैका पार गरेको छ । यो आँधी अहिले क्युबातर्फ अगाडि बढिरहेको बीबीसीले जनाएको छ । मेलिसा उत्तरपश्चिमी जमैकामा शक्तिशाली श्रेणी–४ को आँधी बनेको छ ।
यसअघि यो आँधीलाई जमैकामा श्रेणी–५ को मूल्याङ्कन अर्थात् उच्च तहको मानिएको थियो । अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार मेलिसा मोन्टेगो खाडीबाट ६२ किलोमिटर दक्षिणमा रहेको न्यू हाप शहर नजिकै अवतरण गरेको थियो ।


