२०८२ कार्तिक १२, मङ्गलवार , ०४:३५:१५ बजे

Sajhamanch
'

काभा कप पुरुष भलिबलमा बङ्गलादेशलाई हराउँदै श्रीलङ्का तेस्रो

मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौं । बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा श्रीलङ्का तेस्रो भएको छ । योसँगै श्रीलङ्काले कांस्य पदक जितेको छ । आयोजक बङ्गलादेश चौथो भएको छ ।

ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा तेस्रो स्थानका लागि आज भएको खेलमा श्रीलङ्काले घरेलु टोली बङ्गलादेशलाई ३–० को सोझो सेटमा हरायो । श्रीलङ्काले बङ्गलादेशलाई २५–२०, २५–२३ र २५–२० ले हरायो ।

प्रतियोगितामा आजै उपाधिका लागि तुर्कमेनिस्तान र अफगानिस्तान खेल्दैछन् । प्रतियोगितामा नेपाल भने पाँचौं भएको छ ।

आज भएको पाँचौं स्थानको प्लेअफमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो । ६ वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स पुछारमा रह्यो ।

मङ्गलवार, कार्तिक १२, २०८२ | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर