२०८२ कार्तिक १२, मङ्गलवार , ११:२४:१८ बजे

Sajhamanch
'

मनाङमा पनि हिमपात

मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौं । मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका स्थानमा हिमपात भएको हो ।

पिसाङ क्षेत्रमा कार्यरत रविन्द्रबहादुर सिजापतिले भन्नुभयो, ‘हिमपात जारी छ । बसेको ठाउँबाट बाहिर निस्किने अवस्था पनि छैन ।’

अरब सागरमा विकसित मौसमी प्रणालीको असरले नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमपात र वर्षासँगै चिसो बढेको छ । तर घुम्न गएकाहरु हिउँ खेल्न पाउँदा रमाएका छन् । वर्षा र हिमपातले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।

मङ्गलवार, कार्तिक १२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर