२०८२ कार्तिक ११, सोमवार , ११:४५:१२ बजे

Sajhamanch
'

दमकमा मोटरसाइकल दुर्घटना, घाइते चालकको मृत्यु

सोमवार, कार्तिक ११, २०८२

झापा । झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते चालकको मृत्यु भएको छ । कात्तिक ५ गते बिहानको राति २ः४५ बजे दमक –४ वन्डरल्याण्ड होटलअगाडी पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै मे. ९ प. ३०७९ नम्बरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पाँचथर कुम्मायक –२ स्थायी ठेगाना भई हाल मोरङ उर्लाबारी –५ बस्ने ३१ वर्षीय भेषराज बि।क। र सोही मोटरसाइकलमा पछाडि सवार दमक –४ बस्ने ३६ वर्षीय जीवनकुमार बि।क। घाइते भएका थिए ।

दुवै घाइतेलाई अरनिको अस्पताल उर्लाबारीमा लगी सामान्य उपचारपश्चात् चालक भेषराजलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा लगिएको थियो । उनको उपचारको क्रममा हिजो दिउँसो १२ः५२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर