
बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले विगत वर्षमा झैं यसवर्ष पनि शैक्षिक भ्रमण तथा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सञ्चालन गरेको छ ।
विद्यालयले मिति गत असोज २७ गते पूर्वप्राथमिक तहका विद्यार्थीहरूलाई अर्जुनधारा मन्दिर शैक्षिक भ्रमणमा लागेको थियो। त्यस्तै, असोज २७ गते नै कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई मेचीनगरस्थित एनएमसी एग्रोफार्म भ्रमण गराइएको थियो।
साथै, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई झापाको बाहुनडाँगीस्थित मिनिमाउन्टेन र कृष्णथुम्की धार्मिक स्थल भ्रमणमा सहभागी गराइएको थियो।
भ्रमणले विद्यार्थीहरूलाई पुस्तकमुखी शिक्षासँगै व्यवहारिक ज्ञान, सामाजिक बुझाइ र आफ्नो भूगोल तथा संस्कृतिप्रति नजिक बनाउने उद्देश्य लिएको विद्यालयका प्रधानाध्यापक अमृत बस्नेतले बताउनुभयो।
यसैगरी कार्तिक २ गते विद्यालयमा तिहारको अवसरमा विविध कार्यक्रम सम्पन्न भएका थिए। पूर्वप्राथमिक तहका विद्यार्थीहरूलाई भाइटीका कार्यक्रम गराउनुका साथसाथै नृत्य पनि गराइएको थियो ।
त्यस्तै १ देखि ५ सम्मका विद्यार्थीहरूको देउसी भैलो खेल्ने कार्यक्रम पनि गरिएको थियो।
विभिन्न हाउसबीच आकर्षक रंगोली प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
विद्यालयमा सांस्कृतिक विधा अन्तर्गत नृत्य र गायन पनि सम्पन्न गरिएको थियो । विद्यार्थीहरूले आफ्ना परम्परागत पहिरन, नृत्य, गीत र संस्कृतिका तत्व प्रस्तुत गरेका थिए, जसले तिहारको मौलिकता झल्काएको विद्यालय प्रशासनको भनाई छ ।
ूतिहारजस्ता सांस्कृतिक एवम् मौलिक पर्वहरू विद्यार्थीहरूलाई संस्कार, मौलिकता र सहअस्तित्व सिकाउने महत्वपूर्ण माध्यम हुन्।
हाम्रो पहिचान र संस्कृतिको संरक्षणका लागि विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिएको विद्यालय संस्थापक रुपा बस्नेत बताउनु हुन्छ ।