
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले एकैपटकमा १६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड हेरफेर गरेको छ।
जसमा सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १६८ जना छन्। पछिल्लो सुरक्षा चुनौतीलाई मध्यनजरमा राखेर हेरफेर गरिएको सशस्त्रका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
मुख्यालयले कमाण्डमा खटिने अधिकृतहरूको पहिले नै पुर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरूलाई नै कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ।
यसबाहेक बिगतमा सीमा क्षेत्रमा खटिएर राजश्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई कामान्ड प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ।
लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटहरूमा खटाइएको डिएसपी थापाले बताउनु भयो।
अनिर्वाय अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरूलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी खटाउने तथा आफ्नो ठेगाना तथा कार्यरत क्षेत्र भन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ।