२०८२ असोज २९, बुधवार , १०:४०:३८ बजे

Sajhamanch
'

दमकको पाथीभरा गेस्ट हाउसमा महिला मृत फेला

बुधवार, असोज २९, २०८२

झापा । झापा दमकको पाथीभरा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । हिजो दिउँसो १२ः३० बजे दमक-६ बस्ने रुपादेवी कडरियाले सञ्चालन गर्दै आएको पाथीभरा गेस्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी वर्ष ३६ की सम्झना परियार मृत फेला परेकी हुन् ।

उनी अघिल्लो दिनको राति खाना खाई तीन तले होटलको दोस्रो तलाको सधैँ सुत्ने कोठामा सुतेकी थिइन् । हिजो दिउँसोसम्म नउठेपछि सोही गेस्ट हाउसमा बसेकी दुर्गा बर्देवाले बोलाउन जाँदा नबोलेको र हेर्दा घोप्टो परी सुतिरहेको अवस्थामा फेला परेकी थिइन् ।

त्यसबारे जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर हेर्दा परियारको मृत्यु भइसकेको थियो । उनले मादक पदार्थ सेवन गरेको जस्तो देखिएको र कुनै चोटपटक नीलडाम नदेखिएको प्रहरीले जनाएको

सम्बन्धित खबर