२०८२ असोज २८, मङ्गलवार , ०१:०२:३२ बजे

Sajhamanch
'

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैहुनुहुन्छ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लाग्नुभएको हो । गएको शुक्रवार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाउनु भएको थियो ।

त्यही अनुसार आज प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्नुभएको थियो । उहाँले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आउनुभएको छ ।

बोली फेरेपछि आफ्नै दल जनमतले गएको भदौ ३१ गते मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । त्यही मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको लिनुपर्ने संवैधानिक बाध्यतामा पुग्नुभएको हो ।

सम्बन्धित खबर