२०८२ असोज २७, सोमवार , ०४:२१:४८ बजे

Sajhamanch
'

विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य सङ्घको आग्रह

सोमवार, असोज २७, २०८२

धनकुटा । तिहारमा विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य सङ्घ धनकुटाले व्यापारीहरुलाई आग्रह गरेको छ ।

सङ्घले नेपालीको दोस्रो ठुलो पर्वको रुपमा रहेको तिहार नजिकिएसँगै माग र व्यापार हुने भन्दै अघिल्ला वर्षहरुमा कतिपय व्यापारीहरुले पटका, भुइँचम्पा, विभिन्न खालका विस्फोटक पदार्थको समेत बिक्री वितरण गरेको पाइएकाले यस वर्ष त्यस्ता पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताउनुभयो ।

विगतका वर्षहरुमा अवैध रुपमा भित्रिएका विस्फोटक पदार्थ बिक्री वितरण गरिएको पाइएकाले यस वर्ष खरिद बिक्री रोक्न आग्रह गरेको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई दृष्टिगत गर्दै सुपथ मूल्यमा सामान बिक्री गर्नसमेत आग्रह गरेको छ ।

प्लास्टिकजन्य फूल र मालाको आयात–निर्यात तथा बिक्री–वितरण नगर्न र प्राकृतिक उत्पादनको प्रयोगमा प्रोत्साहित गर्न, सङ्घले सबै व्यापारी र व्यवसायीलाई स्थानीय प्रशासन र बजार अनुगमन टोलीलाई सहयोग गर्नसमेत आग्रह गरेको छ । दीपावलीमा सङ्घको तर्फबाट आन्तरिक बजार अनुगमन जारी रहने जनाइएको छ ।

सङ्घले बजारमा वस्तु अभाव कृत्रिम रूपमा सिर्जना नगरी उपलब्ध वस्तुहरूको मूल्यसूची अनिवार्य रूपमा राख्न व्यवसायीहरूलाई निर्देशन दिएको जनाएको छ ।