२०८२ पौष ३ बिहिवार , ०५:३५:२४ बजे

Sajhamanch
'

उदयपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जना घाइते

सोमवार, असोज २७, २०८२

काठमाडौं । उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ ।

इलामबाट काठमाडौं जादैँ गरेको बा. ९ च. ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिनुभयो ।

गुडिरहेको कारमा अचानक लागेको आगोबाट कार जलेर पूर्णरूपमा क्षति पुगेको छ भने कारमा सवारी एक बालक सामान्य घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय आरोन सेनचुरी रहेका छन् । आरोनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ ।

आरोन कार चालक इलामको चुलाचुली गाउँपालिका-५ का ४२ वर्षीय प्रेमकुमार सेनचुरीका छोरा हुन् ।

कार चालक प्रेमसहित उनकी श्रीमती २७ वर्षीय अनिता सेन्चुरी र छोरा १४ वर्षीय आयुष सेनचुरी भने सकुशल रहेको डीएसपी दोङले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर