२०८२ असोज २७, सोमवार , १०:२५:०६ बजे

Sajhamanch
'

फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर

सोमवार, असोज २७, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सूची अनुसार पाँच हजार ८६८ जना नेपाली, ५४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् । अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।

विभागका अनुसार फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको छ । विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

 

सम्बन्धित खबर