२०८२ असोज २६, आइतवार , ०५:०४:५५ बजे

Sajhamanch
'

ग्लोबल आईएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, असोज २६, २०८२

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गएको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले अहिले कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश ९कर प्रयोजनार्थ सहित० वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ ।

ग्लोबल आईएमई ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत २ वटा विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेस्ट बैंकका रूपमा सम्मानित बैंक हो ।

सम्बन्धित खबर