२०८२ असोज २६, आइतवार , ०३:५५:४९ बजे

Sajhamanch
'

बाढीले महोत्तरीका ७ वटा पालिकामा मात्रै झन्डै २ हजार हेक्टरको धानबाली नष्ट

आइतवार, असोज २६, २०८२

महोत्तरी । महोत्तरीमा अघिल्लो आइतवार र सोमवार रातो नदीको तटबन्ध भत्किएर आएको बाढीले ९ वटा पालिकामा मात्रै झन्डै २ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार महोत्तरीका १५ मध्ये ९ वटा पालिकाबाट प्राप्त विवरणानुसार बाढीले झन्डै २ हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट भएको हो ।

अहिलेसम्म प्राप्त विवरणानुसार महोत्तरी गाउँपालिकामा सबैभन्दा धेरै ६०० हेक्टर, बलवा नगरपालिकामा ५०० हेक्टर, मटिहानी नगरपालिकामा ३०० हेक्टर, एकडारा गाउँपालिकामा ३०० हेक्टर, लोहारपट्टी नगरपालिकामा १०० हेक्टर, भङ्गाहा नगरपालिकामा ८६ हेक्टर, औरही नगरपालिकामा २३ हेक्टर, गौशाला नगरपालिकामा २० हेक्टर र सोनमा गाउँपालिकामा १० हेक्टर गरी १ हजार ९३९ हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको छ ।

रातो नदीको तटबन्ध भत्किएर महोत्तरीका १० नगरपालिका र ५ वटा गाउँपालिका नै प्रभावित हुने गरी महोत्तरीमा ठूलो बाढी आएको थियो । बाँकी पालिकामा विवरण सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर