
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरिसकेको छ ।
हिजो जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपालले एक स्थान पार गरेको हो । समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ । जापान पनि सुपर ६ प्रवेश गरिसकेको छ । लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ ।