२०८२ असोज २४, शुक्रवार , ०१:०३:३० बजे

Sajhamanch
'

दशैंभरि झापामा ५५ वटा दुर्घटना, ४ जनाको मृत्यु

शुक्रवार, असोज २४, २०८२

झापा । यस वर्षको दशैंमा झापामा ५५ वटा सवारी दुर्घटना भएको छ । त्यसमा ४ जनाले ज्यान गुमाएका छन् । गत असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लामा ४ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

सो अवधिमा ५५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ६ जना गम्भीर घाइते र १०६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको दशैंमा दुर्घटना सङ्ख्या र दुर्घटनाबाट भएको क्षति घटेको हो । गत वर्षको दसैँमा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित खबर