२०८२ कार्तिक २०, बुधवार , ०१:५१:१३ बजे

Sajhamanch
'

लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनःस्थापना : एमाले अध्यक्ष ओली

बिहिवार, असोज २३, २०८२

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनःस्थापना भएको बताउनु भएको छ ।

एमाले भक्तपुर जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद पुनःस्थापनाका लागि देशैभर आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

‘लुटपाटबाट विध्वंसबाट संसद विघटन गरिएको छ । लोकतन्त्रलाई ट्रयाक आउट गरिएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसैले संसद पुनःस्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनु पर्दछ । यसका लागि देशैभर आन्दोलनको उभार ल्याउनु पर्दछ ।’

अध्यक्ष ओलीले संसद पुनःस्थमापनामा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको पनि बताउनु भयो ।

उहाँले यो सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको बताउनुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले चुनावी एजेण्डा सरकारलाई दिएको स्पष्ट पार्नुभयो । कतिपयले फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनःस्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा उहाँले त्यति लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने भएकोले तत्काल संसद पुनःस्थापनाको लागि दबाब बढाउनु पर्ने बताउनु भएको छ ।

सम्बन्धित खबर